नियम ८
मुख्य रजिस्ट्रारको काम, कर्तव्य र अधिकार
(१) ऐन र यस नियमावलीमा अन्यत्र उल्लेख भएका काम कर्तव्य र अधिकारको अतिरिक्त मुख्य रजिस्ट्रारको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) प्रधान न्यायाधीशको सामान्य निर्देशन र नियन्त्रणमा रही सर्वोच्च अदालत तथा मातहतका अदालत एवम् न्यायिक निकायहरूको प्रशासकीय एवम् व्यवस्थापकीय कार्यको नियमन, रेखदेख, नियन्त्रण, निर्देशन एवम् समन्वय गर्ने,
(ख) सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन तयार गरी प्रकाशन गर्ने गराउने,
(ग) सर्वोच्च अदालतमा रहेका विभिन्न महाशाखाहरू एवम् निर्देशनालयको व्यवस्थापन र नियन्त्रण गर्ने,
(घ) पूर्ण बैठकमा पेस हुने प्रस्ताव तयार गरी छलफलका लागि पेस गर्ने र बैठकको निर्णय कार्यान्वयन गर्ने,
(ङ) अदालत, मातहतका अदालत तथा अन्य न्यायिक निकायको कर्मचारी ब्यवस्थापन सम्बन्धी नीति निर्धारण गरी कार्यान्वयन गर्ने गराउने,
(च) राजपत्र अनङ्कित कर्मचारीको कुनै पद रिक्त भएको कारणबाट अदालत तथा मातहतका अदालतको काम सूचारु रूपले चल्न नसकेमा त्यस्तो पद पूर्तिका लागि लोक सेवा आयोगमा मागको आकृति फाराम पठाई आयोगबाट स्थायी सिफारिस भई नआएसम्मको अवधिको लागि आफ्नो अदालतको हकमा आफैले करार सेवामा कर्मचारी नियुक्त गर्ने र मातहतका अदालत वा न्यायिक निकायको हकमा त्यसरी नियुक्ति गर्न अनुमति दिने,
(छ) अदालत तथा मातहतका अदालतका कर्मचारीलाई आवश्यकता अनुसार समयावधि तोकी वा नतोकी काज खटाउने,
(ज) न्यायपालिकाको सुधार र विकास सम्बन्धी आवधिक योजना तयार गरी कार्यान्वयन गर्ने गराउने,
(झ) सर्वोच्च अदालत र मातहतका अदालतमा कार्यरत कर्मचारीको काममा कुनै अनियमितता भएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने गराउने,
(ञ) कार्यपालिका, व्यवस्थापिकालगायत न्याय क्षेत्रका सरोकारवाला निकायहरूसँग आवश्यक सम्पर्क, सम्बन्ध र समन्वय गर्ने,
(ट) न्यायपालिकाको सुधार र विकाससम्बन्धमा सरोकारवालाहरूले उठाएको समसामयिक विषयहरूलाई अध्ययन गरी आफैँले निकासा दिनु पर्ने जतिमा आफैले गर्ने र पूर्ण बैठकमा पेस गर्नु पर्ने विषय देखिएमा सो सम्बन्धी प्रस्ताव तयार गरी पूर्ण बैठकमा पेस गर्ने,
(ठ) अदालतमा दर्ता गराउन ल्याएका लिखत दर्ता गर्ने र दर्ता गर्न नमिल्ने लिखत दरपीठ गर्ने,
(ड) मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १७१क. नं. र १७१ख. नं. बमोजिम परेका निवेदन उपर कानून बमोजिम निकासा दिने,
(ढ) मुद्दा मुल्तबी राखी पाउँ वा जगाई पाउँ भन्ने विषयसम्बन्धी निवेदनमा निकासा दिने,
(ण) मुद्दाको काम कारबाहीका सम्बन्धमा यस नियमावली तथा अन्य प्रचलित कानून बमोजिमको कार्य गर्ने गराउने ।
(२) मुख्य रजिस्ट्रारले आफूलाई प्राप्त अधिकारमध्ये कुनै अधिकार रजिस्ट्रार, सहरजिस्ट्रार वा अन्य कुनै अधिकृतलाई सुम्पन सक्नेछ ।